जिल्ला प्रहरी कार्यालय कैलालीको ९ महिने प्रगति विवरण सार्वजनिक

छिनोफानो   बुधबार ३०, चैत २०७८ ०६:११

जिल्ला प्रहरी कार्यालय कैलाली ले ९ महिने प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारी को काज सरुवा भएपछि आफ्नो नौ महिने विवरण सार्वजनिक गरेको हो । 

बिगत नौ महिना देखि कार्यालयले गरेका घटना को बिषयमा जानकारी का लागि कार्यक्रमको आयोजना गरिएको हो । कार्यालयमा बिगत ९ महिना मा एक हजार २४ मुद्दा दार्ता भएको जसमध्ये १४ वटा ज्यान सम्बन्धि को मुद्दा मा सबै घटना सुल्झाउन प्रहरी सफल रहेको कार्यालय का प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारी ले बताउनु भएको छ । उनले भने घट्नाका आरोपित सबै पहिचान भैसकेका छ्न धेरै लाई कानुन को दाएरा मा ल्याइसकेका छौ फरार आरोपितको खोजी मा प्रहरी सक्रिय रुप मा लागिरहेको छ । उनले थपे यो आर्थिक बर्षमा लागू औषध का १सय ११ मुद्दा दर्ता भए जसमध्यमा ९ महिला र १६१ पुरुष लाई कानुनी दाएरा मा ल्याएका छौ।

जिल्लामा फरार प्रतिवादि पक्राउ गर्न मा पनि सफल रहेको उनको भनाइ थियो । बिगत ९ महिना मा प्रहरीले ९१ जना फरार प्रतिवादीहरु लाई पक्राउ गरेको अधिकारि ले बताए । साथै जिल्ला प्रहरी कार्यालय कैलालीले यो ९ महिना मा १ करोड २१ लाख बराबर को भन्सार छली को समान पक्राउ गरेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयमा  दर्ता भएका मुद्दा मध्य ७२ जना महिला र १ हजार ९१ जना पुरुषलाई कारवाही को दायरा मा ल्याइको अधिकारीले बताएका छन् ।
साथै सामुदायिक  प्रहरी साझेदारी अन्तरगत ४ सय ४० वटा जनचेतनामुलक  कार्यक्रम सम्पन्न गरेका उनको भनाई थियो ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु