भोजपुरका एक व्यक्तिले आफैमाथि गोली प्रहार

छिनोफानो   बिहिबार ०१, बैशाख २०७९ ११:०९

भोजपुरका एक व्यक्तिले आफैमाथि गोली प्रहार गरेका छन् । गोली लागेर उनको मृत्यु भएको छ ।
अरुण गाउँपालिका(१ याङपाङका ४७ वर्षीय सूर्यबहादुर खत्रीले भरुवा बन्दुकबाट आफैलाई गोली हानी आत्महत्या गरेका प्रहरीले जनाएको छ ।
मंगलबार साँझ भरुवा बन्दुक बोकेर घरबाट निस्किएका खत्रीले केही पर पुगेपछि आफैमाथि गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले जानकारी दिए । उनले आफैलाई गोली हान्नुको कारण खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको डीएसपी राईले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु