नयाँ वर्षले समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् : प्रचण्ड

छिनोफानो   बिहिबार ०१, बैशाख २०७९ ११:११

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले नयाँ वर्ष सबैमा शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने उनले कामना गरे ।
नयाँ वर्ष वि सं २०७९ सालको अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिसहित उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।
अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनको क्रममा हामी दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गइरहेको स्मरण गराएका छन् ।

उनले भनेका छन्, ‘संघीयतालाई जनताको घरदैलोसम्म पुर्‍याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले वर्तमान राजनैतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको छ ।’

लोकतन्त्र र संविधानका विरुद्ध देखा परेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै जानुपर्नेमा प्रचण्डले जोड दिए । लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको उनले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु