सल्यानमा चट्याङ लागेर एकै घरका तीन जना घाइते

छिनोफानो   बिहिबार ०१, बैशाख २०७९ ११:१६

सल्यानको कपुरकोट गाउँपालिकामा चट्याङ लागेर एकै घरका ती जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका(४ धनवांगस्थित थापा टोलमा चट्याङ लागेर ६६ वर्षीय आशाराम थापा, उनकी श्रीमती ६५ वर्षीया गंगी थापा र उनका १२ वर्षीय नाती दिनेश थापा घाइते भएका हुन् ।घरमै सुतिरहेको बेला बिहीबार बिहान करिब ३ बजेतिर उनीहरुमाथि चट्याङ परेको थियो । बिहानै घाइतेहरुको उद्दार गरी उपचारका लागि दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । चट्याङ लागेर थापाका एउटा गोरु र १४ वटा कुखुरा पनि मरेको उनले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु