सुनसरीमा ट्रकको ठक्करबाट घाइते प्रहरी हवल्दारको मृत्यु

छिनोफानो   बिहिबार ०१, बैशाख २०७९ ११:२३

सुनसरीमा ट्रकको ठक्करबाट घाइते प्रहरी हवल्दारको मृत्यु भएको छ । बुधबार दिउँसो मोटरसाइकलमा सवार हुँदा ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएका प्रहरी हवल्दार शिवनन्द मण्डलको आज बिहान उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार कोशी लोकमार्गमा पर्ने दुहवी नगरपालिका(८ मा बा १ क ८८१७ नम्बरको ट्रकले को ३६ प ५४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मण्डल गम्भीर घाइते भएका थिए । मोटरसाइकल प्रहरी सहायक निरीक्षक सनम राजवंशीले चलाएका थिए । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार प्रहरी हवल्दार शिवनन्द मण्डलको मृत्यु भएको हो । दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु