बारामा स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु ,१३ जना घाइते

छिनोफानो   बिहिबार ०१, बैशाख २०७९ ०१:४८

पूर्व(पश्चिम राजमार्ग अन्तर्गत बाराको आधाभार जंगलमा बिहीबार बिहान स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।सिमराबाट हेटौडातर्फ जाँदै गरेको बा १९ च ४३७७ नम्बरको स्कार्पियो अनियन्त्रित भइ सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा स्कार्पियो चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका( ११ का २५ वर्षीय लोकनाथ सेढाईको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

थापाका अनुसार , दुर्घटनामा गम्भीर घाइते भएका पर्साको विन्दवासीनी गाउँपालिका(२ का २२ वर्षीय प्रेम साह , त्यही ठाउँका १२ वर्षीय राजु गुप्ता र जितपुर सिमरा( ७ कि निर्मला देवी साहको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको सिमरास्थित अल्पाइन अस्पताल र वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु