सुनसरीको झुम्का कारागारमा कैदीबन्दीबीच झडप : ६ जना घाइते

छिनोफानो   शुक्रबार ०२, बैशाख २०७९ १०:३७

सुनसरीको झुम्का कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । चौकीदार को बन्ने भन्ने विषयमा विवाद हुँदा कारागारको ‘ए’ ब्लकका कैदीबन्दीबीच बुधबार झडप भएको हो ।
‘ए’ ब्लकका चौकीदार जोन नाल्बो लिम्बुलाई कारागार व्यवस्थापन विभागले भीमफेदी कारागार, मकवानपुर सरूवा गरेपछि रिक्त ठाउँमा को चौकीदार बन्ने भन्ने विषयमा कैदीबन्दीबीच विवाद हुँदा झडपको अवस्था सिर्जना भएको जेलर प्रदीय शाहले जानकारी दिए । घाइते सबैको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु