कैलालीमा एक युवकको आगोमा जलेर मृत्यु

छिनोफानो   शुक्रबार ०२, बैशाख २०७९ १०:५३

कैलालीमा एक युवकको आगोमा जलेर मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका २ मझेराका २९ वर्षीय अम्मर चौधरीले आफ्नै शरीरमा आगो लगाई जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गए राति अत्यधिक मादक पदार्थ खाएपछि उनले शरीरमा डिजेल छर्केर आगो लगाउँदा घटना भएको हो । आगोले जलेर गम्भीर घाइते भएका चौधरीकोे उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा  मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु