यस्ता छन् मन्त्रिपरिषद वैठकका सात निर्णय

छिनोफानो   शुक्रबार ०२, बैशाख २०७९ ०७:२९

मन्त्रिपरिषदको वैठकले गरेका विभिन्न सात निर्णय आज (शुक्रबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । सरकारले यूएसएआईडीबाट प्राप्त हुने ६५९ मिलिन डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर सहायता पनि स्वीकार गर्ने निर्णय गरको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद वैठकका सात निर्णय
१० विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर ९करिब १८ अर्ब० बराबरको सहुलियत सहायता ऋण सहायता स्वीकार गर्ने ।

२० संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय सहयोग निकाय यूएसएआईडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ मिलिनियम ९करिब ७९ अर्ब ७१ करोड० अनुदान सहायता रकम स्वीकार गर्ने ।
३० फुट कोट कर्णाली अर्ध(जलशाययुक्त जलविद्युत आयोजनाका लागि कालिकोट जिल्लाको सन्नी त्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने ।

४० सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्ति गर्ने ।

५० मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल गाउँपालिकाको प्रशासकीय भवनलगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्ने स्वीकृत दिने ।

६० कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माणका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने ।

७० राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष राम आधार कापरको राजीनामा स्वीकृत गर्ने ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु