कैलालीमा ४ दलको छुट्टै गठबन्धन

छिनोफानो   शनिबार ०३, बैशाख २०७९ ०२:२८

कैलालीमा जनता समाजवादी पार्टी , लोकतान्त्रिक समाजवादी पार्टी , नेपाल लोकतान्त्रिक पार्टी  र संघिय लोकतान्त्रिक राष्ट्रिय मंच बिच चुनावी गठवन्धन हुने भएको छ । शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ती दलले गठबन्धन गरेको जानकारी गराएका छन् । यो सँगै जसपाले कैलालीमा सत्ता गठबन्धनसँग चुनावी तालमेल नगर्ने निश्चित भएको हो।  
कैलाली जिल्लामा बिगत देखि जनपक्षिय रुपमा पहिचान र  अधिकारहरु का  खातिर संघर्षरत रहेका  राजनितिक दलको  बैशाख १ गते बसेको बैठकले स्थानीय निर्वाचनमा चुनावी  बेग्लै गठवन्धन  गर्ने निर्णय गरेका हुन् । उनीहरुले पहिचान र अधिकारलाई मुख्य मुद्दा मानेर चुनावमा होमिने बताएका छन् । साथै गठवन्धनलाई थरुहट थरुवान राष्ट्रिय मोर्चा र मिशम अम्बेडकर नेपाल को साथ रहने मोर्चा का अध्यक्ष लक्ष्मण थारुले बताएका छन् । 
यस्तो छ  प्रेस विज्ञप्ति

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु