अर्घाखाँचीमा पाँच वर्षीया बालिकामाथि मेवा खुवाउने वहानामा बलात्कार : एक जना पक्राउ

छिनोफानो   शनिबार ०३, बैशाख २०७९ ०३:०९

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा एक पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने ५९ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भूमिकास्थान नगरपालिका-७ मा मेवा दिने बहानामा नाबालिकालाई जबरजस्ती करणी गर्ने पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले बताए ।

मेवा खुवाउने बहानामा आफ्नै घरमा बोलाएर घरको दोस्रो तलामा लगेर बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा निज पुरुषलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु