बोक्सी धपाउने भन्दै धामीझाँक्रीको कुटपिटबाट एक महिलाको मृत्यु : ७ जना प्रहरी नियन्त्रणमा

छिनोफानो   शनिबार ०३, बैशाख २०७९ ०३:२२

कञ्चनपुरको बेदकोटमा धामीझाँक्रीको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ। बेदकोट नगरपालिका–६ मुसेपानीमा धामीझाक्रीको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ ।
शुक्रबार राति झारफुकका क्रममा कुटपीटबाट ४२ वर्षीया रञ्जुला साउँदको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । प्रहरीका अनुसार ४३ वर्षीया रञ्जुला साउँदको शुक्रबार राति झारफुकका क्रममा उनकै जेठानीको घरमा मृत्यु भएको हो।महिलाको मृत्यु स्थानीय कमला साउदको घरमा भएको थियो । कमला पनि समान्य झारफुक गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
महिलामाथि कुटपिट गरेको आरोपमा कञ्चनपुर प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार साउँद केही दिनदेखि बिरामी परेकी थिइन् । शुक्रबार साँझ जेठानी कमलाको घरमा धामीझाँक्री आएपछि उनी झारफुकका लागि पुगेकी थिइन् । सोही क्रममा उनको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयले धामीझाँक्रीद्वय भीमदत्त नगरपालिका–७ का धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट र जेठानी कमलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए । उनले धामीझाँक्रीकै कारण हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषयमा अहिले नै भन्न नसकिने बताए ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु