महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी गठबन्धनले निर्णय गर्ने : ‘प्रचण्ड’

छिनोफानो   शनिबार ०३, बैशाख २०७९ ०४:४५

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । माओवादी केन्द्र पूर्वी नवलपरासीद्वारा दल्दलेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
महानगर र उपमहानगरपालिकामा माओवादीलाई धेरै फाइदा हुने गरी आइतबार गठबन्धनले निर्णय गर्ने उनले दावी गरेका हुन् । ‘हामीले निर्णय गर्छौं ढुक्क हुनुस् हामीलाई फाइदा हुने गरी भोलि नै ९आइतबार० केन्द्रमा गठबन्धनको निर्णय आउँछ,’ प्रचण्डले भने ‘अरु तल तलका पालिकामा सबैलाई फाइदा हुन्छ । त्यसमा तपाईहरु ढुक्क हुनुहोस् । गठबन्धन राष्ट्रिय आवश्यकता हो । महानगर र उपमहानगरमा हामीले धेरै लिने गरी गठबन्धनको निर्णय आउँछ,’ उनले भनेका छन् ।

यस क्रममा प्रचण्डले आगामी तीन वटै निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरुबीच चुनाबको तालमेल हुने पनि दाबी गरे । यो निर्वाचन माओवादीका लागि ठूलो लडाइँ भएको भन्दै प्रचण्डले यो निर्वाचनमा माओवादीले जिते संविधान र गणतन्त्र जोगिने नत्र धरापमा पर्ने बताएका थिए । यसका लागि सबै चनाखो भएर जिताउन लाग्नुपर्ने भन्दै उनले कार्यकर्तालाई आग्रह गरेका थिए ।

‘एमाले अध्यक्ष केपी ओलीको असली रुप देखिहाल्नु भयो राजावादीसँग मिलिसके । ओली विक्षिप्तझैं भएका छन् र इतिहासमै मिल्नै नहुने शक्तिसँग गठबन्धन गर्दै हिँडेका छन् । ओलीको हालत खराब हुनेवाला छ,’ प्रचण्डले भने । यस्तै ओली इतिहासकै तानाशाह र कम्युनिस्टविरोधी भएको पनि उनको आरोप लगाए ।

अर्को एक प्रसंगमा प्रचण्डले नेपाली कांग्रेस र एमाले मिलेर एमसीसी पास गर्न सभामुख फाल्ने, ७ वटै प्रदेशमा माओवादीको सरकार ढाल्ने सहमति भएको थाहा पाउना साथ रातारात आफूले कांग्रेससँग मिलेर एमसीसी पास गरेर चलाखीपूर्ण काम गरेको बताएका थिए ।

सर्प पनि मर्ने लौरो पनि नभाच्चिने गरी व्याख्यात्क टिप्पणीसहित एमसीसी पास गर्नाले सरकार बाँचेको र हाल गठबन्धन भएको प्रचण्डले बताए । यसवाहेक विप्लव र बाबुराम भट्टराई पनि सबैजसो केन्द्रीय तहका नेताहरु आफ्नो पार्टीमा आइसकेको उनले दाबी गरे ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु