७५ जना छात्रालाई ,यौन दुव्यर्वहार गरेको आरोप लागेका ३ शिक्षक पक्राउ

छिनोफानो   आइतबार ०४, बैशाख २०७९ ०८:५७

मकवानपुरको बागमती गाउँपालिका-८ स्थित जनता माविका छात्राहरुलाई यौन दुव्यर्वहार गरेको आरोप लागेका ३ जना शिक्षक पक्राउ परेका छन् ।

विद्यालयका धेरै छात्राले आफूहरुलाई शिक्षकले यौन दुर्व्यवहार गर्ने गरेको भन्दै विद्यालय प्रशासनमा उजुरी दिएपछि प्रहरीले आरोपी तीन जना शिक्षकलाई पक्राउ गरेको हो । आरोपी हेमबहादुर विक चैत २५ गते आफै प्रहरी कार्यालयमा पुगेर गिरफ्तारी दिएका छन् । आरोपी लोकबहादुर विक र रुद्रबहादुर विकलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

‘आरोपी तीनै जना शिक्षकलाई जिल्ला प्रहरी कार्यलय हेटौंडाको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ,’ कार्कीले भने । आरोपी शिक्षकहरुले लामो समयदेखि आफूहरुलाई यौन दुर्व्यवहार गर्दै आएको छात्राहरुको गुनासो छ । बालिकाहरुले आफूहरुलाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै धेरै समय अघि नै विद्यालयमा लिखित उजुरी समेत दिएका थिए ।

तर, विद्यालय प्रशासनले घटनालाई सामसुम पार्ने प्रयास गरेपछि विद्यार्थीहरुले चैत २२ गते विद्यालयमा तोडफोड र तालाबन्दी गरेका थिए । शिक्षकहरुले आफूहरुलाई गलत नियतले संवेदनशील अंगमा समाउने, चलाउने गरेको आरोप ७५ जना छात्राको आरोप छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु