यस वर्षको एसईई परिक्षामा पाँच लाख १४ हजार ७६० विद्यार्थी सहभागी हुँदै

छिनोफानो   आइतबार ०४, बैशाख २०७९ ११:१३

कोरोना भाइरस महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा ९एसईई० यस वर्ष पहिलेझैं सञ्चालन हुने भएको छ । यसपालिको एसईई यही वैशाख ९ गते सामान्य अवस्थामा जस्तै गरी सुरु गर्न लागिएको हो ।
बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहिलाको जस्तै गरी एसईई सञ्चालन हुने बोर्डले जानकारी दिएको छ । परीक्षामा पाँच लाख १४ हजार ७६० जना सहभागी हुनेछन् । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक रायमाझीले जनाए ।

ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । शैक्षिक सत्र २०७६ र २०७७ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

‘गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर दिइएको थिएन’, रायमाझीले भने, ‘प्राविधिक धारमा कक्षा सञ्चालन गरिरहेका मुलुकभरका २९९ वटा विद्यालयका १४ हजार ५६४ विद्यार्थीले पनि एसईई दिँदै छन् ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु