प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता

छिनोफानो   आइतबार ०४, बैशाख २०७९ ११:२६

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थानीय तह निर्वाचनमा तालमेलको विषयमा छलफल भएको बताइएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि प्रचण्ड छलफलका लागि बालुवाटार पुगेका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु