गैंडाकोटको जनक कलेजका एक शिक्षकले छात्रालाई अश्लिल भिडियो देखाएर दुर्व्यवहार गरेको विरोधमा विद्यार्थीहरूले कलेजमा तोडफोड

छिनोफानो   आइतबार ०४, बैशाख २०७९ ०५:०७

गैंडाकोटको जनक कलेजका एक शिक्षकले छात्रालाई अश्लिल भिडियो देखाएर दुर्व्यवहार गरेको विरोधमा विद्यार्थीहरूले कलेजमा तोडफोड र आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइफायर गरेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

चार दिनअघि एक शिक्षकले छात्रालाई अश्लिल भिडियो देखाएर हिंसा गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । भिडियो देखाउने शिक्षकलाई कारबाही गर्नुपर्ने भन्दै उनीहरूको माग छ । ती शिक्षकले कलेजको ल्याबमा छात्रालाई अश्लिल भिडियो देखाउँदै दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप विद्यार्थीहरुको छ ।

घटना घटेको चार दिन बितिसक्दा पनि कारबाही प्रक्रिया शुरु नभएको भन्दै आक्रोशित विद्यार्थीले कलेजमा आगजनी गरेका हुन् । आरोपित शिक्षकमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनीहरुले कलेज परिसरमा तोडफोड गर्नुका साथै दुईवटा मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

विद्यालय प्रशासनले ओरोपित शिक्षकलाई कारबाहीका लागि बेवास्ता गरेर उल्टै संरक्षण दिएको विद्यार्थीहरूले बताउका छन् । घटनामा केही विद्यार्थीहरु र प्रहरी समेत घाइते भएका छन् । विद्यालयका प्राचार्य चुडामणि कँडेलसँग यसबारे बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

जिल्ला प्रहरी प्रमुख प्रज्वल मर्हजनले विद्यालयमा तोडफोड भएको र हिंसा भड्काउने काम भएकाले स्थिति नियन्त्रणमा लिन सात राउण्ड अश्रु ग्याँस प्रहार गरिएको जानकारी दिए । उनले स्थिति भड्किन नदिन त्यहाँ सुरक्षाकर्मीको संख्या बढाइएको पनि बताए । अहिले कलेज परिसरमा वार्ता चलिरहेको उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु