भरतपुर महानगरपालिकासहित चार वटा उपमहानगरपालिकाको नेतृत्वमा माओवादी केन्द्रको दाबी

छिनोफानो   सोमबार ०५, बैशाख २०७९ १०:४८

सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित चार वटा उपमहानगरपालिकाको नेतृत्वमा दाबी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको रामचन्द्र पौडेल नेतृत्वको कार्यदलको बैठकमा माओवादीले धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा समेत दाबी गरेको छ । माओवादीले नेकपा एसलाई पोखरा, जसपालाई वीरगन्ज दिएर बाँकी तीन महानगरपालिका विराटनगर, काठमाडौं र ललितपुर नेपाली कांग्रेसले राख्न सुझाव दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु