सर्वेको चार वर्षपछी खुल्यो खुटिया फास्ट ट्रयाक, आंगनमै सडक दगुर्ने भएपछी स्थानियमा खुशीयाली

  सोमबार ०५, बैशाख २०७९ ०९:१६

सुदूरपश्चिमको ठुलो योजना खुटिया, दिपायल, चैनपुर, उरई भन्ज्याङ सडक सर्वेको चार दशकपछि ट्रयाक खुलेको छ । धनगढी देख चुरे गाउँपालिका वडा नम्बर १ मा पर्ने ओजिनासम्म पर्ने २० किलोमिटर अन्तर्गतको ठेग्गामा रुख कटान आदेश नआएपछि ठप्प रहेको काम बल्ल सम्पन्न भएको हो । सर्वेको चार दशकपछि ट्रयाक खुलेपछि यहाँका बासिन्दामा खुशियाली छाएको छ ।

कैलालीको धनगढी हुँदै दिपायल, बझाङको चैनपुर हुँदै उरई भन्ज्याङ सम्मको सडक निर्माणका लागी २०६५ सालमा धनगढीका केही युवाहरुले विभिन्न संस्थाहरुको सहयोगमा कैलालीको खुटियादेखि दीपायल जोड्ने सडकको सर्भे गरे । धनगढी–डडेल्धुरा–डोटीको सडकभन्दा आधा छोटो हुने देखिएपछि द्रुतमार्गको रुपमा अगाडि बढाउने योजना भयो ।

उपभोक्ता समितिमार्फत उक्त सडक निर्माण गर्न सम्भव नभएपछि नेपाल सरकारले नै २०६६÷०६७ बाट वार्षिक नीति तथा कार्यक्रम र त्यसपछि बजेटमा उक्त योजनालाई समावेस गरेको थियो । त्यस यताका अधिकांश वार्षिक नीति, कार्यक्रम तथा बजेटमा उक्त योजनाले स्थान पायो । तर कामले भने गति लिन सकेन । खुटिया, दिपायल, चैनपुर, उरई भन्ज्याङ योजनाका इन्जिनियर दीनेश सिहं रैखोलाले धनगढीदेखि दीपायलसम्म ८६ किलोमिटर ट्रयाक खोलिएको बताए ।

मोड सुधार र केही ठाउँमा ग्रेडको काम मात्रै बाँकी भएपनि धनगढीदेखि दीपायलसम्म फास्ट ट्रयाक नै भएर गाडी चलाउन मिल्ने गरी सडक तयार भइसकेको जनाइएको छ ।
ठेक्का सम्झौता भएपछि यहाँका बासिन्दा साँच्चै सडक पुग्ने आशमा बसेका थिए । तर लामो समय बित्दासम्म सडक निर्माण शुरुनै भएन निर्माण शुरु भएपनि निकै सुस्त भएपछि यहाँका नागरिकले सडक बन्ने आशपनि मारिसकेका थिए । अन्य ठेक्काको काम सम्पन्न भइसकेपनि १ नम्बर ठेक्का अन्तर्गतको ओजिनामा रुख कटान आदेश नभएपछि ट्र्याक खुल्न सकेको थिएन । बल्ल सडकको ट्र्याक खुलेपछि यहाँका नागरिकले राहत हुने अपेक्षा लिएका छन् । सडकको पहुँच नहुँदा बिरामी हुँदा डोकोमा बोक्नुपर्ने बाध्यता टरेको उनिहरु बताउँछन् ।

चुरे गाउँपालिका १ का बिर बहादूर अधिकारीले सडक गाउँ पुगेपछि खुशी ब्यक्त गरे । डोटीको दिपायल सम्म पुग्ने सडक हाम्रै गाउँ भएर जाँदैछ बल्ल हाम्रै गाउँमा रोकिएको ट्रयाक खुलेर गाडी पुगेको छ हामी धेरै खुशी छौँ उनले भने “दुख त कति भोग्यौँ भोग्यौँ म भारतबाट घर फर्किदा खोला पारी बास बसेको छु खोलामा पुल नहुँदा कति बिरामीले अकालमै ज्यान गुमाएका छन् अब त्यस्तो हुन्न भन्ने अपेक्षा लिएका छौँ ।”

चुरे १ कै पर्शुराम सापकोटाले ट्रयाक खुलेर मुख्यमन्त्रीनै यहाँ पुग्दा निकै खुशी लागेको बताए । बषौँको सडक पुग्ने हाम्रो सपना साकार भएको छ उनले भने “अब हामीलाई केही नभएपनि बिरामी अस्पताल लैजान सम्म त भयो, अन्य पुर्वाधार बिकासमा सरकारको ध्यान गए हामीपनि बिकासबाट लाभाम्बित हुने थियौँ ।”
ट्र्याक खुलेर सडक पुगेपनि तत्काल स्तरोन्नती नभए नागरिकलाई सुख नहुने स्थानिय बताउँछन् । सडक निर्माणको सुस्तताझैँ सडक स्तरोन्नतीमापनि ढिलाई नगरी छिटो स्तरोन्नती गर्न स्थानियको माग छ ।
चुरे १ का शिव बहादूर बिकले भने “सडक त पुग्यो खुशी छौँ तर यो सडक गाडी चल्न लायक अँझै भएको छैन सुख्खायाममा फोर हुइल गाडी त बल्ल तल्ल पुगेका छन् हाम्रा लागी सार्वजनिक यातायात पुग्न अँझै समय लाग्ने देखियो ।” बर्षातमा यत्तिका खोलाहरु छन् पुल नभए सडकको अर्थ हुँदैन उनले भने “खोलामा पुल सहित सडक पक्की बनाउन समयमै सबैको ध्यान गए पक्कै सडक पुगेको अनुभुती हुने छ ।”

प्रदेश सरकार गठन भएपछि सुदूरपश्चिम सरकारले यस सडकलाई निकै चासोका रुपमा लिएको थियो । संघ सरकारले प्रदेश सरकार माथहत राखेर काम गराउन खोजेपनि बजेट अभावका कारण सडक निर्माणको जिम्मे फेरी संघ सरकारलाइनै दिइएको थियो । प्रदेश सरकार माथहत नभएरैपनि सरकारले पटक÷पटक गरेको पहलबाटै बल्ल ट्र्याक खुलेको मुख्यमन्त्री त्रिलोचन भट्टले दावी गरेका छन् । सडकको ट्र्याक खोल्न प्रदेश सरकारले जसरी जोड दियो सोही अनुसार स्तरोन्नतीमा जोड दिने मुख्यमन्त्री भट्टको दावी छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले द्रुतमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ क्षेत्रमा अनुगमन गर्दै गट्रयाक खोल्ने काम सम्पन्न भएको बताउदै चौडा बनाउदै सडक व्यवस्थित गर्ने काम छिट्टै हुने बताए । उनले गत वर्ष नै ट्रयाकको काम सम्पन्न भइसक्नु पर्नेमा केही ढिलाई भएको बताए । ‘नेपाल सरकारले राष्ट्रिय गौरवको योजनामा राख्दै पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने हो,’ ०७५ कात्तिकमा दु्रतमार्गको कैलाली खण्ड अनुगमन गर्ने क्रममा मुख्यमन्त्री भट्टले भनेका थिए, ‘आगामी जेठ महिनाभित्रै धनगढीदेखि दीपायलसम्म यातायात सञ्चालन हुन्छ।’

सुदूरपश्चिममा बषौँ पहिले सर्वे गरी निर्माण शुरु भएका महाकाली करिडोर लगायतका ठुला सडक अलपत्र रहँदा खुटिया, दिपायल, चैनपुर, उरई भन्ज्याङ ट्र्याक खुल्नु सुखद पक्ष हो । तर ट्र्याकमै सिमित नराखी संघिय र प्रदेश सरकारको सहकार्यमा स्तरोन्नतीलाई तिब्रता दिए पक्कै सोचे अनुसार प्रतिफल मिल्ने थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु