माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिहीबार सुदुरपश्चिम् आउँदै

छिनोफानो   बुधबार ०७, बैशाख २०७९ ०७:१०

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिहीबार (भोलि ) कैलालीको गौरीगंगा नगरपालिकामा आउने भएका छन् । विभिन्न पार्टीका नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउन प्रचण्ड  बैशाख ८ गते गौरीगंगामा आउन लाग्नुभएको माओवादी केन्द्रले जानकारी दिएको छ । 
सो कार्यक्रममा विभिन्न पार्टीका प्रभावशाली नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्नुका साथै अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि राम चौधरी (उत्सव) ले  जानकारी दिनु भएको हो ।  
कार्यक्रम गौरीगंगा नगरपालिका वडा नं ८ लिक्मा मेला लाग्ने स्थानमा हुने चौधरीले बताए । विभिन्न पार्टी परित्याग गरी हजारौंको संख्यामा नेता कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।  कार्यक्रमको तयारी पूरा भएको र ८ गते हुने कार्यक्रम स्थल लिक्मा मेला क्षेत्रको माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले निरिक्षण समेत गरेको प्रदेश अध्यक्ष चौधरी बताए ।  कैलालीमा २०६४ सालको निर्वाचनमा जस्तै माओवादीमा जनलहर छाएको माओवादी केन्द्र गौरीगंगाका इन्चार्ज नविन धामीले बताए । 
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा माओवादी केन्द्रका उम्मेदवारलाई विजय गराउन पछिल्लोपटक माहोल बन्दै गएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु