श्रीलंकामा इन्धनको मूल्यवृद्धि विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्य, २४ जना घाइते

छिनोफानो   बुधबार ०७, बैशाख २०७९ १०:१०

श्रीलंकामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाइते भएका छन् ।

इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले शुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो ।

मृत्युपछि अन्य प्रदर्शनकारीले रामबुक्काना प्रहरी चौकी घेरेर ढुङ्गा प्रहार गरेका थिए । यसैबीच, श्रीलंका प्रहरीले अर्को सूचना नभएसम्मका लागि रामबुकाना प्रहरी डिभिजन वरपर कर्फ्यू लगाएको छ ।

यसैबीच श्रीलंकाका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको घटनाको अमेरिकाले निन्दा गरेको छ । श्रीलंकाका अमेरिकी राजदूत जुली चुंगले ट्वीटर लेखेकी छन्, ‘प्रदर्शनकारी होउन् या प्रहरी उनीहरुविरुद्ध हुने कुनै पनि प्रकारको हिंसाको म निन्दा गर्दछु । म सबै पक्षलाई शान्ति कायम राख्न अपिल गर्दछु ।’ घटनाको निष्पक्ष ढंगले अनुसन्धान आवश्यक रहेको भन्दै उनले जनताका जायज माग सम्बोधन हुनुपर्ने पनि बताएकी छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु