काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु , दुई जना घाइते

छिनोफानो   बुधबार ०७, बैशाख २०७९ १०:३५

काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

महाभारत गाउँपालिका–७ स्थित केराबारीमा मंगलबार साँझ चट्याङ लाग्दा स्थानीय डिलबहादुर मोक्तानकी छोरी १६ वर्षीया कान्छीमाया मोक्तानको मृत्यु भएको हो ।

घट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय देवीटारका सई प्रणनी देवानले जानकारी दिए । हावाहुरीसहित पानी परिरहेको बेला चट्याङ लाग्दा उनको मृत्यु भएको हो । चट्याङ लागेर मृतक किशोरीकी आमा सञ्चमाया मोक्तान र मामा बुद्ध घलान घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

चट्याङ लागेर उनीहरुको एउटा भैँसी समेत मरेको छ । चट्याङका कारण घरभित्र ठूलो खाडलसमेत बनेको छ । चट्याङले घरमासमेत ठूलो क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु