सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा एक जनाको मृत्यु,चार घाइते

छिनोफानो   बिहिबार ०८, बैशाख २०७९ ०३:०८

ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहका अनुसार एक जनाको प्लान्टभित्रै मृत्यु भएको हो

उनको पहिचान खुलिसकेको छैन । विस्फोटमा चार जना घाइते भएका छन् । त्यहाँ कार्यरत श्रमिकले अरु नरहेको बताएका छन् । तर प्रहरी अहिलेसम्म प्लान्ट भित्र जान सकेको छैन । ‘अहिले भित्र जान सकिने अवस्था नै छैन ।

भित्र अरु छैनन् भनेका छन् । घाइतेलाई अस्पताल पठाइएको छ’, एसपी शाहले भने । घाइतेमध्ये तीन जनालाई पाटन अस्पताल र एक जनालाई बीएण्डबी अस्पताल लगिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु