उम्मेदवारी दिने व्यक्तिले १८ वटा प्रतिबद्धता गर्नुपर्ने

छिनोफानो   आइतबार ११, बैशाख २०७९ ०९:०९

आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारले आज र भोलि (वैशाख ) २० उम्मेदवारी दर्ता गराउँदै छन् । उम्मेदवारी दिने व्यक्तिले १८ वटा प्रतिबद्धता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
ती यस प्रकारण छन् 
१। संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ ।

२। २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको घोषणा गर्नुपर्नेछ ।

३। सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको घोषणा गर्नुपर्नेछ ।

४। स्थानीय तह निर्वाचनसम्बन्धी कुनै कानुनले अयोग्य नभएको घोणा गर्नुपर्नेछ ।

५। सरकारी अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको घोषणा गर्नुपर्नेछ ।

६। सरकारी कोषबाट कुनै लाभको पद धारण नगरेको घोणा गर्नुपर्नेछ ।

७। कुनै सजाय पाएको भए तोकिएको अवधि पूरा गरेको र कालो सूचीमा नपरेको घोषणा गर्नुपर्नेछ ।

८। मनोनयन पत्र साथ पेस गर्नुपर्ने सबै कागजात पेस गरेको घोषणा गर्नुपर्नेछ ।

९। प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक बन्द सूचीमा नाम नरहेको घोषणा गर्नुपर्नेछ ।

१०। मनोनयन पत्र साथ पेस गरेको सम्पत्ति विवरण साँचो रहेको घोषणा गर्नुपर्छ ।

११। स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्छ ।

१२। स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको।

१३। सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्छ ।

१४। विदेशको स्थायी आवासीय अनुमति पत्र नलिएको घोषणा गर्नुपर्नेछ ।

१५। न्यायिक वा अर्धन्यायिक निकायको कैद सजाय, जरिबाना तिर्न बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्नेछ ।

१६। निर्वाचन आचारसंहिता पूणर् रुपमा पालना गर्ने प्रतिबद्ध रहेको घोषणा गर्नुपर्नेछ ।

१७। सीमाभित्र रही खर्च गर्न र खर्च सम्बन्धी आचरण पालना गर्न प्रतिबद्ध रहेको घोषणा गर्नुपर्नेछ ।

१८। संविधान, कानुन र निर्वाचन ऐन नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको घोषणा गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु