सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बैठक बस्दै

छिनोफानो   आइतबार ११, बैशाख २०७९ ०९:११

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बैठक आज (आइतबार) बिहान बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा स्थानीय तह निर्वाचन केन्द्रीत छलफल हुने गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।

गठबन्धनमा आवद्ध पाँच दलले तालमेल गरेर स्थानीय तह निर्वाचन लड्ने निर्णय गरेका छन् । तर, केन्द्रमा निर्वाचनमा तालमेल गरेर जाने निर्णय भए पनि स्थानीयस्तरमा त्यसको उल्लंघन हुने क्रम बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु