धनगढीको मेयरमा एमालेका तर्फबाट चन्द र उपमेयरमा रानाले गरे मनोनयन दर्ता

छिनोफानो   सोमबार १२, बैशाख २०७९ ०६:०५

धनगढी उपमहानगरपालिकाको मेयर पदमा एमालेकातर्फबाट रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । एमालेकै तर्फबाट उपमेयरमा कन्दकला रानाले उम्मेदवारी दर्ता गराएकी छन् । 

एमालेका उम्मेदवारहरु उम्मेदवारी दर्ता गर्न एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। मेयर र उपमेयरको उम्मेदवारी दर्ता गराउन नेकपा एमालेका केन्द्रीय कमिटीका सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट, पोलिटव्यूरो सदस्य राजेन्द्र सिंह रावल, पोलिटव्युरो सदस्य नारदमुनी राना, पोलिटव्यूरो सदस्य लिला भण्डारी लगायतका केन्द्रीय नेता पनि मुख्यनिर्वाचन अधिकृत कार्यालय पुगेका थिए ।

उम्मेदवारी दर्ता गर्दै चन्दले नागरिकको हितका लागि सदैब अडिक रहने बताएका छन । लामो समयसम्म राजनितीमा सक्रिय भएर जनताकै पक्षमा काम गरेको छु, उनले भने, त्यही भरोसालाई आत्मसाथ गर्दै धनगढीको मेयरमा मलाई जनताले जिताउछन भन्नेमा पनि ढुक्क छु । 

त्यस्तै उपमेयरमा उम्मेदवारी दर्ता गराएकी रानाले पनि समृद्ध नगरको परिकल्पनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन । नगरप्रुख, उपप्रमुख सङ्गै सोमबार एमालेका तर्फबाट वडा अध्यक्ष र सदस्यलेपनी उम्मेदवारी दर्ता गराएका छन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु