‘विप्लव’ नेतृत्वको नेकपाले निर्वाचनका लागि उम्मेदवारी दिएका आफ्नो कार्यकर्तालाई मनोनयन फिर्ता लिन आग्रह

छिनोफानो   मङ्गलबार १३, बैशाख २०७९ ०३:००

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका आफ्नो पार्टीका नेता(कार्यकर्तालाई मनोनयन फिर्ता लिन आग्रह गरेको छ ।
केन्द्रीय सचिवालयका सदस्य धर्मेन्द्र बास्तोलाले एक विज्ञप्ति जारी गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । विज्ञप्तिमा निर्वाचनमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसीविरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्न सक्ने पार्टीको नीति भए पनि केन्द्रीय सदस्य र जिल्ला पदाधिकारी नै उम्मेदवार बनेको पाइएको जनाइएको छ ।

निर्वाचनलाई लिएर विप्लव समूहभित्र दुई धार छ । चन्द समूह निर्वाचनलाई उपयोग गर्नुपर्ने पक्षमा छ भने बास्तोला समूह बहिष्कार गर्ने लाइनमा छ । विप्लव समूहले सबैभन्दा बढी उम्मेदवारी रोल्पामा दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु