धनुषामा दुर्घटनामा हुँदा तीन जनाको मृत्यु

छिनोफानो   मङ्गलबार १३, बैशाख २०७९ ०३:५०

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा भएको दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।क्षिरेश्वरनाथ नगरपालिका(५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना। २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु। ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

उनका अनुसार मृतकमध्ये जनकपुरधाम उपमहानगरपालिका(४ का २० वर्षीय सुमित भिण्डेबालको मात्रै सनाखत भएको छ । मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु