मनाङका १५ जना जनप्रतिनिधि निर्विरोध

छिनोफानो   मङ्गलबार १३, बैशाख २०७९ ०३:५९

मनाङका १५ जना जनप्रतिनिधि निर्विरोध बनेका छन् । वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनका लागि केही पालिकामा वडाध्यक्ष र वडा सदस्य निर्विरोध बनेका हुन् । यद्यपि, निर्वाचन आयोगले भने अन्तिम नामावली प्रकाशन गरी दाबीविरोध सकिएपछि मात्र निर्विरोध घोषणा गर्नेछ ।
चार गाउँपालिका रहेको मनाङमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका साथै स्वतन्त्र उम्मेद्वारको एकल उम्मेदवार परेको हो । मनाङको चामे गाउँपालिका( १ र २ का वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । वडा १ मा नेकपा एमालेका खड्कजंग गुरुङ निर्विरोध भएका हुन् ।

सोही वडामा एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा अनिता विक निर्विरोध भएका छन् ।
यस्तै, वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भएका छन् । सोही वडामा महिला सदस्यमा गममाया गुरुङ र दलित महिला सदस्यमा नविना परियार कांग्रेसबाट निर्विरोध भएका छन् ।

नासो गाउँपालिकामा कांग्रेसबाट वडा नम्बर ५ वडाअध्यक्षमा थुतेन लामा, वडा नम्बर ६ को वडाध्यक्षमा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङ निर्विरोध भएका छन् ।

यसैगरी, निस्याङ गाउँपालिका(३ वडाध्यक्षमा स्वतन्त्रबाट कृष्ण लामा र वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रबाट च्योल्पा गुरुङको वडाध्यक्षमा एकल उम्मेदवारी परेको छ । सोही वडामा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुष्मिता सेन्चुरीको एकल उम्मेदवारी परेको छ । उनीहरु स्वतन्त्रबाट उम्मेदवार बनेका हुन् । मनाङका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले अन्तिम नामावली प्रकाशन गरी दावीविरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गर्न मिल्ने बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु