आयोगले आज उम्मेदवारलाई चुनाव चिनह प्रदान गर्ने

छिनोफानो   शनिबार १७, बैशाख २०७९ ०८:०१

निर्वाचन आयोगले आज (शनिबार) उम्मेदवारलाई चुनाव चिनह प्रदान गर्ने कार्यक्रम छ । आसन्न स्थानीय निकाय निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।

हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिन्ह प्रदान गर्न लागेको हो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले उम्मेदवार मनोनयन, उजुरीमाथि जाँचबुझ, मनोनयन फिर्ता कार्यक्रम सकेर हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । उम्मेदवारहरूले निर्वाचन चिन्ह पाएसँगै मौन अवधि शुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउने छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु