प्रतिपक्षको सरकार हुँदा पनि धनगढीलाई चिनाउन सफल भयौ : वड

छिनोफानो   शनिबार १७, बैशाख २०७९ ०८:१४

नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनका साझा उम्मेदवार  नृपबहादुर वडले धनगढी उपमहानगरपालिकाका लाई  उत्कृष्ट उपमहानगर का रुपमा चिनाउन सफल भएको बताएका छन् । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा आयोजित चुनावी   सभालाई सम्बोधन गर्दै वडले प्रतिपक्षको सरकार हुँदा पनि धनगढी मा जनअपेक्षा अनुसार काम भएको बताएका छन् । उनले भने हामीले स्थानीय तहको जिम्मेवारी लिँदा काम गर्ने अवसर पनि कम भयो । साढे २ वर्ष कोभिडकै समय भयो । यो बेला काम नै कम भयो भने कतिपय काम गर्न खोज्दाखोज्दै पनि भएन । धनगढीका समस्या मैले बुझेको छु , निर्वाचन परिणाम आएको दोस्रो  दिन बाटै काम सरु गर्छु , अरु आए माहोल  बुझ्नै बर्षै लाग्ने उनले बताए ।

यस्तै सत्तारुढ गठबन्धनका (माओवादी केन्द्र)का तर्फ बाट उपप्रमुखकि उम्मेदवार  शान्ती अधिकारी क्षेत्रीले उपमहानगरपालिका लाई समृद्धिको बाटोमा लैजान उपमहानगरमा गठबन्धन सरकारको नेतृत्व आवश्यकता रहेको बताईन । नेतृत्व मा पुगे सबै बर्ग लाई समान न्यायको पहुचमा ल्याउन आफुले अहम भुमिका खेल्ने उनको भनाई छ  ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु