डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

छिनोफानो   आइतबार १८, बैशाख २०७९ ११:१८

डोटी । डोटीमा ट्र्याक्टर दुर्घटनामा परि कैलालीका एक जनाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका १ मा से१त ९२६४ नम्बरको ट्र्याक्टर दुर्घटना हो ।

दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका १ का ३६ वर्षीय प्रेमकुमार कठरीया भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । त्यस्तै, ट्र्याक्टरमा सवार शिखर २ की २२ वर्षीया कलावती बोगटी घाइते भएकी र उनको सुजङ्ग अस्पताल राजपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु