धिरजप्रताप सिंह नेपाल प्रहरीको आईजीपीमा नियुक्त

छिनोफानो   आइतबार १८, बैशाख २०७९ ०२:०६

नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक (एआईजी) धिरजप्रताप सिंह महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले जानकारी दिएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । हालका आईजीपी शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधिका कारण आजदेखि अनिवार्य अवकाशमा गएपछि सरकारले नयाँ आईजीपी नियुक्त गरेको हो ।

सिंहसँगै प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुकको नाम पनि महानिरीक्षकका लागि सिफारिस भएको थियो । तर मन्त्रिपरिषद्ले धिरजप्रताप सिंहलाई नियुक्त गरेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु