कैलालीमा टिप्परले ठक्कर दिँदा एक जना घाईते

छिनोफानो   सोमबार १९, बैशाख २०७९ १०:००

कैलाली । कैलालीमा टिप्परको ठक्करबाट एकजना घाईते भएका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका ४ मुडा बजारमा सोमबार टिप्पको ठक्करबाट ७० वर्षीय पैदल यात्री हिउचा संज्याल घाईते भएकी हुन् ।

बर्दगोरिया निवासी ३६ वर्षीय रामकृष्ण गिरीले चलाएको प्रदेश ७–०१–००१ ख २९९७ नम्बरको टिप्परले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेद प्रकाश जोशीले जानकारी दिए । डिएसपी जोशीका अनुसार घाईते संज्याललाई सामान्य उपचार प्रश्चात कोहलपुर रेफर गरिएको छ ।

त्यस्तै टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसान्धान गरिहेको जोशीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु