५ वर्षीया बालिका बलात्कारको आरोपमा बझाङमा एकजना पक्राउ

छिनोफानो   बुधबार २१, बैशाख २०७९ ०३:१४

बझाङमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवक पक्राउ परेका छन्। 

छबिस पाथीभेरा गाउँपालिकाका ती युवकले मदिरा सेवन गरी बालिकालाई बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । वैशाख १६ गते आफ्ना बुवासँग बिहे हेर्नका लागि मामाघर गएकी ती बालिकालाई युवकले बलात्कार गरेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञान बहादुर बिष्टले बताए ।

पीडितका बुवासँगै बिहेभोजमा मदिरा सेवन गरेका युवकले बालिकालाई चाउचाउ किनिदिने लोभ देखाएर नजिकै रहेको आफ्नै गोठमा लगी बलात्कार गरेको पक्राउ परेका युवकले बयान दिएको प्रहरीले जानकारी दिएको छ । 

घटनापछि फरार अभियुक्तलाई १९ गते साँझ थलारा गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिष्टले बताए । बलात्कृत बालिकाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको उनले बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु