स्थानीय तह निर्वाचनका एक उम्मेदवारको बुवामाथि धारिलो हतियार प्रहार

छिनोफानो   बिहिबार २२, बैशाख २०७९ ०३:५५

धनुषाको कमला नगरपालिका-१ मा आसन्न स्थानीय तह निर्वाचनका एक उम्मेदवारको बुवामाथि धारिलो हतियार प्रहार गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) का तर्फबाट कमला-१ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि बुधबार राति धारिलो हतियार प्रहार गरिएको हो । गम्भीर घाइते भएका यादवको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

माग्राहस्थित घरमा वडाध्यक्षका उम्मेदवार सर्वदेवलाई आक्रमण गर्न गएको अज्ञात समूहले ढोका फोड्न नसकी बाहिर बरण्डामा सुतेका उनका बुवालाई आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घाइते यादवको शरीरका विभिन्न भागमा खुकुरी र चक्कु प्रहार गरिएको उनका नाति सुरेन्द्र यादवले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु