पाचँ प्रकारका भिन्नै गन्तव्य बोकेका तत्वहरुले सत्ता स्वार्थमा एमालेको सरकार हटाए : अध्यक्ष ओली

छिनोफानो   बिहिबार २२, बैशाख २०७९ ०८:३७

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पाचँ प्रकारका भिन्नै गन्तव्य बोकेका तत्वहरुले सत्ता स्वार्थमा  एमालेको सरकार हटाएको  बताएका छन् ।बिहिवार कैलालीको धनगढी मा आयोजित चुनावीसभालाई सम्बोधन  गर्दै अध्यक्ष ओलीले भिन्नै बिचार बोकेका तत्वहरुले सत्ता स्वार्थका लागि एक ठाँमा आएर परमादेसको माध्यमबाट एमालेको सरकार हटाएको बताएका हुन्  । परमादेशको सरकार ले बिगतका दशमहिना मा देशलाई उल्टो दिशा तर्फ धकेल्ने काम गरेको आरोप लगाएका छन् ।उनले भने एमालेको सरकारले १२ महिना सम्म आयात गर्न पुग्ने गरि बैदेशिक मुद्रा छोडेको तर अहिले अहिले बर्तमान सरकाले देशको  अर्थतन्त्र नै धवस्त पारेको बताएका छन् । 
ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गरेका छन् । आफूहरू प्रति विभिन्न कोणबाट आक्रमण भइरहेको तर त्यस्ता आक्रमणको विद्रोह भइरहेका कारण देशमा अबको आवश्यकता एमाले भएको प्रष्ट भइसकेको ओलीले दाबी गरे ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु