छोराले गरे बृद्ध बुबा-आमाको हत्या

छिनोफानो   शुक्रबार २३, बैशाख २०७९ १२:२३

ताप्लेजुङको लेलेपमा छोराले आफ्नै बृद्ध बुवा-आमाको हत्या गरेका छन् । फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपको गोटीछाँगाका २५ वर्षीय आईतराज लिम्बूले बिहीबार साँझ आमा-बुबाको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार आइतराज बुबा बृखबहादुर लिम्बू र आमा फिपरानी लिम्बूको हत्या गरेका हुन् । मादक पदार्थ सेवनका कारण घटना भएको प्रारम्भिक जानकारी आएको राईले बताए ।

स्थानीयका अनुसार एकान्तस्थलमा यहाँ २ वटा मात्रै घर रहेका छन् । घटनाको जानकारी पनि स्थानीयले लेलेप प्रहरी चौकीमा खबर गरेका थिए । आइतराज भेडाको गोठमा बस्ने गर्थे । एक साताअघि मात्रै पारिवारिक झगडा लेलेप प्रहरी चौकीमा मिलाएको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु