कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

छिनोफानो   शनिबार २४, बैशाख २०७९ ०३:०१

कैलालीमा  ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका–६ कुसैनी बस्ने १७ वर्षीय सन्दिप डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शुक्रबार खेत जोत्ने क्रममा उनी सवार पावर टेलर ट्र्याक्टर पल्टिएर दुर्घटना भएको थियो ।दुर्घटना हुँदा गम्भीर घाइते भएका डगौराको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु