नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल 'प्रचण्ड' भोली (आइतवार ) धनगढी आउने

छिनोफानो   शनिबार २४, बैशाख २०७९ ०५:०९

आसन्न स्थानीय तह निर्वाचनको चुनावी सभालाई सम्वोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड भोली (आइतवार ) धनगढी आउने भएका छन् ।

माओवादी केन्द्र सुदूर पश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव) का अनुसार  दाहलले २६ गते सोमवार ८ बजे  कैलारी गाँउपालिका को चुनावी सभालाई सम्बोधन गर्ने र त्यस पश्चात कर्णाली प्रदेशको ३ वटा ( राजकोट ,बलाया, नेटा) चुनावी सभालाई  सम्बोधन गर्न हेलिकप्टर मार्फत कालिकोट जाने कार्यक्रम रहेको छ ।

त्यसै दिन दाहल डोटी को दिपायल सिलगढी नगरपालिका ,जोरायल गाँउपालिका र अन्तिममा धनगढीको रंगशालामा आयोजित चुनावी सभा लाई सम्वोधन गरेर २६ गते साँझ काठमाडौँ फर्किने कार्यक्रम रहेको चौधरी ले जानकारी दिए ।
 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु