सुनको मूल्य प्रतितोला ९८ हजार १००

छिनोफानो   आइतबार २५, बैशाख २०७९ ११:४९

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको पहेंलो धातुको मूल्य रु ६०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २८५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु