निमावि तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशित,२१ हजार उत्तीर्ण

छिनोफानो   आइतबार २५, बैशाख २०७९ ११:५९

 शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगिता अन्तर्गत लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

परीक्षामा २० हजार ९८२ जना उत्तीर्ण भएको आयोगले जनाएको छ । प्रदेश-१ बाट १९ हजार २० परीक्षामा सहभागी भएकामा ५,१८२ जना उउत्तीर्ण भएका छन् । त्यसैगरी मधेस प्रदेशबाट सहभागी पाँच हजार ८ सय ५३ जनामध्येबाट १ हजार ११ जना उत्तीर्ण आयोगले जनाएको छ ।

त्यस्तै गण्डकी प्रदेशबाट १४ हजार दुई सय ६ सहभागीमध्ये ४ हजार ३ सय ४१ जना उत्तीणर् भएका छन् भने कर्णालीमा ४ हजार ७ सय ८८ ले परीक्षा दिएकोमा १ हजार ६९ जना उत्तीर्ण भएका छन् । लुम्बिनी प्रदेशबाट परीक्षामा सहभागी ११ हजार ८ सय ४४ मध्येबाट ३ हजार ३ सय ६१ जना उत्तीर्ण भएका छन् भने सुदूरपश्चिम प्रदेशबाट परीक्षामा सहभागी ६ हजार ६ सय ६९ मध्येबाट दुई हजार ४ सय ४१ जना उत्तीर्ण भएका आयोगले जनाएको छ ।

लिखितमा उत्तीणर् भएकाहरूको विषयगत परीक्षा असार ११ गते हुने आयोगले जनाएको छ । आयोगले २०७८ चैत १७ गते परीक्षा लिएका थियो । परीक्षाको नतिजामा चित्त नबुझेमा पुनर्योगको लागि आगामी जेठ २ गतेभित्र शिक्षक सेवा आयोग सानोठिमी वा परीक्षा दिएकै प्रदेश राजधानी रहेको शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु