गठबन्धनका शिर्ष नेता चुनाबि सभालाई सम्बोधन गर्न धनगढीमा

छिनोफानो   आइतबार २५, बैशाख २०७९ ०८:०५

नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड कैलालीको धनगढीमा पुगेका छन्। आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरु धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिएका हुन्।
देउवा त्यसपछि धनगढीमा रहेको आफ्नो निवास गएका छन्।  सोमबार धनगढीमा आयोजना हुन लागेको वृहत चुनावी सभामा सम्बोधन गर्न उनी धनगढी आएका हुन्। सोमबार धनगढीको भेलालाई सम्बोधन गरेपछि उनी डडेल्धुराका लागि हिँड्ने तालिका तय भएको छ।
माओवादी केन्द्र सुदूर पश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव) का अनुसार  दाहलले २६ गते सोमवार ८ बजे  कैलारी गाँउपालिका को चुनावी सभालाई सम्बोधन गर्ने र त्यस पश्चात कर्णाली प्रदेशको ३ वटा ( राजकोट ,बलाया, नेटा) चुनावी सभालाई  सम्बोधन गर्न हेलिकप्टर मार्फत कालिकोट जाने कार्यक्रम रहेको छ ।
त्यसै दिन दाहल डोटी को दिपायल सिलगढी नगरपालिका ,जोरायल गाँउपालिका र अन्तिममा धनगढीको रंगशालामा आयोजित चुनावी सभा लाई सम्वोधन गरेर २६ गते साँझ काठमाडौँ फर्किने कार्यक्रम रहेको चौधरी ले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु