बेरोजगार युवाहरुलाई कृषिमा जोडेर स्वरोजगार बनाउछौं : अधिकारी

छिनोफानो   आइतबार २५, बैशाख २०७९ ०८:२६

नेकपा माओवादी केन्द्रबाट गठबन्धनका तर्फबाट धनगढी उपमहानगरपालिकाको उपमेयरका उम्मेदवार शान्ती अधिकारी क्षेत्रीले आफू मेयरमा निर्वाचित भएपछि महिलाहरुलाई सीपमुलक तालिम दिएर आयआर्जनसँग जोड्ने बताएकी छन् ।

धनगढीको बंग्राकटानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले महिलाहरुको आर्थिक अवस्था सुधारका लागि व्यवसायिक तालिमहरु दिएर आत्मनिर्भर बनाउने आफ्नो योजना रहेको बताइन् ।

‘अन्याय र हिंसामा परेका महिलाहरुलाई न्याय दिलाउनका लागि पनि म कटिवद्ध भएर लाग्नेछु ।’ उनले भनिन्, ‘सीपमुलक तालिममार्फत् उद्यमी बनाएर महिलाहरुलाई आयआर्जनमा जोड्ने मेरो योजना छ ।’ बेरोजगार युवाहरुलाई पनि कृषिमा जोडेर स्वरोजगार बनाउने कार्यक्रम आफूले सञ्चालन गर्ने उनले बताइन् ।

उनले बेरोजगारी समस्या न्यूनिकरणका लागि युवाहरुलाई कृषिसँग जोड्न आवश्यक रहेको बताइन् । शिक्षा र स्वास्थ्यको विकासका पनि आफ्नो टीमले प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता उनले जनाइन् ।‘शिक्षा र स्वास्थ्य महत्वपूर्ण विषय हो । शिक्षा र स्वास्थ्यको स्तरोन्नतिका लागि हामीले काम गर्नेछौँ ।’ अधिकारीले भनिन्, ‘कृषि उपजको बजारीकरणमा पनि हामीले ध्यान दिनेछौँ ।’  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु