चितवनमा छुरा प्रहार गरी एक युवकको हत्या

छिनोफानो   सोमबार २६, बैशाख २०७९ ०७:०७

चितवनमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ । भरतपुर महानगरपालिका(१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो । भरतपुर(७ कृष्णपुर खेल मैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको हो ।
छुरा लागेपछि घाइते परियारलाई उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । प्रहरी स्रोतका अनुसार परियारका १० भन्दा बढी ठाउँमा छुरा हानिएको छ । ‘घुँडाबाट माथि जताततै छुरा हानिएको छ । १० भन्दा बढी ठाउँमा छुरा हानिएको देखिन्छ’, स्रोतले भन्यो । घटनाको अनुसन्धानका लागि अधिकारीसहितको प्रहरी टोली चितवन मेडिकल कलेजमा पुगेको छ ।

छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको अधिकारीले जानकारी दिए । परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए । निर्वाचन नजिकिँदै जाँदा चितवनमा अपराधिक क्रियाकलाप बढ्दै गएका छन् । कांग्रेसका स्थानीय नेताका अनुसार परियार कांग्रेसको भ्रातृ संगठनको बागमती प्रदेश सदस्य थिए ।

निर्वाचनका बेला भएको उनको हत्या सुनियोजित रहेको भन्दै चितवनका कांग्रेस नेता(कार्यकर्ता बिहानैबाट विरोधमा उत्रिन लागेका हुन् । परियारको शव राखिएको भरतपुर अस्पतालमा कांग्रेस(नेता कार्यकर्ता भेला हुन शुरु भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु