निर्वाचनलाई निष्पक्ष र भयररिहत बनाउन आयोगको १० बुँदे निर्देशन

छिनोफानो   मङ्गलबार २७, बैशाख २०७९ ०८:४६

निर्वाचन आयोगले स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्वाचनलाई निष्पक्ष र भयररिहत बनाउन १० बुँदे निर्देशन दिएको छ । आयोगले १० बुँदे निर्देशन जारी गर्दै आचारसंहिता तथा मौन अवधिको पूणर् पालना भए/नभएको हेर्न आग्रह गरेको छ । दलको झण्डा, चुनाव चिह्न तथा गाडी प्रयोेग भएको छ अथवा छैन हेर्न र प्रयाग भए निर्वाचन कार्यालयमा खबर गर्न भनेको छ ।

झण्डा, चिह्न प्रचार सामग्री प्रयोग भए जफत गर्न, सवारी साधन प्रयोग गरी र्याली गरिएको पाइएमा त्यस्तो सवारी साधन कब्जामा लिन, निर्वाचन प्रचार प्रसारका लागि डिजिटल बोर्ड, फ्लेक्स, बोर्ड, साउण्ड सिस्टम, लाउड स्पिकर जस्ता श्रव्य सामग्री प्रयोग भए कब्जामा लिन, मतदातालाई प्रभावित पार्नेलाई नियन्त्रणमा लिन आयोगले निर्देशन दिएको छ ।

मतदान सकिएपछि मतपेटिका सुरक्षित तरिकाले निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउन निर्देशन दिएको आयोगले मतदातालाई सुरक्षित तरिकाले मतदानस्थलसम्म पुग्ने वातावरण मिलाउन भनेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु