बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु

छिनोफानो   मङ्गलबार २७, बैशाख २०७९ ०८:४९

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । सोमबार राप्तीसोनारी गाउँपालिका-८ गल्ली कुटानमा भे १० प २७८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका-५ का २९ वर्षीय मानबहादुर विश्वकर्मा र २५ वर्षीय किशोर बसौली छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु