भारतीय प्रधानमन्त्री मोदीसँग पश्चिम सेती परियोजनाको विषयमा सम्झौता हुन सक्छ : देउवा

छिनोफानो   मङ्गलबार २७, बैशाख २०७९ ०४:४२

प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पश्चिम सेती परियोजनाको विषयमा सम्झौता हुन सक्ने बताएका छन् ।

आज (मंगलबार) गृह जिल्ला डडेलधुरामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेपालले आफ्नै लगानीमा पश्चिम सेती बनाउन सक्ने अवस्था नरहेकाले भारतीय प्रधानमन्त्री मोदीसँग पश्चिम सेती निर्माणका लागि आवश्यक कुरा गर्ने बताए ।

देउवाले भने, ‘चीन वा अन्य देशको प्रोजेक्टको बिजुली भारतले किन्न मान्दैन, त्यसैले भारतले बिजुली किन्ने गरी पश्चिमसेती निर्माण गर्ने विषयमा मोदीसँग कुरा हुन्छ ।’ प्रधानमन्त्री देउवाले भने, ‘विद्युत् परियोजना बनाउने भारतको भरपर्दो कम्पनीसँग सम्झौता गरी जलाशययुक्त पश्चिम सेती परियोजना निर्माण गर्नुपर्ने हुन्छ ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु