दार्चुलामा एमाले र सत्ता गठबन्धनबीच झडप : वडाध्यक्षका उम्मेदवारसहितका कार्यकर्ता घाइते

छिनोफानो   बुधबार २८, बैशाख २०७९ १०:००

दार्चुलाको दुहु गाउँपालिका-५ मा दुई पक्षबीच झडप हुँदा एमालेका वडाध्यक्षका उम्मेदवारसहितका कार्यकर्ता घाइते भएका छन् । 

चुनाव प्रचार सकेर फर्किने क्रममा मंगलबार बेलुकी सत्ता गठबन्धन र एमालेका कार्यकर्ताहरुबीच झडप भएको हो । झडपमा घाइते वडाध्यक्षका एमाले उम्मेदवार मानसिंह बडाललगायतको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, वीरेन्द्र महरा, लालसिंह महरालगायतलाई कुटपिट गरी घाइते बनाएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु