निर्वाचन आयोगले वैशाख २८ र २९ गते मतदाता शिक्षा दिने

छिनोफानो   बुधबार २८, बैशाख २०७९ १०:०९

निर्वाचन आयोगले वैशाख २८ (आज) र २९ (भोलि) गते मतदाता शिक्षा दिने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउने छ ।

टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ । निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा निर्वाचनकै दिन दिइने गरिएकोमा यस पटक अघि नै गरिने भएको हो । वैशाख ३० गते निर्वाचन हुँदैछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु